काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ श्रमथली माझीटोलका अन्दाजी ७० वर्षीय गणेश माझी सुनकोशी नदीमा हामफालेपछि बेपत्ता भएका छन् ।
शनिबार २०८२ साउन १७ गते दिउँसो करिब १२: १५ बजे तेमाल गाउँपालिका-३ अन्तर्गत मलुवा भन्ने स्थानबाट माझीले सुनकोशी नदीमा हामफालेको स्थानीयले देखेका थिए ।
सो घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पचुवारघाटबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा खोजतलास कार्य तत्कालै सुरू गरिएको छ ।
हालसम्म वेपत्ता माझीको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको कारण खुलेको छैन । सुनकोशी जस्तो गहिरो र तीव्र बहाव भएको नदीमा हामफालेकाले खोजीमा कठिनाई भइरहेको भए पनि सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा प्रयास भइरहेको छ ।