द्वन्द्वपीडितको अपेक्षा बुझ्न मानवअधिकार आयोगको पहल, न्याय र परिपूरणलाई छरितो बनाउनुपर्ने पीडितको माग

श्रावण १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
द्वन्द्वपीडितको अपेक्षा बुझ्न मानवअधिकार आयोगको पहल, न्याय र परिपूरणलाई छरितो बनाउनुपर्ने पीडितको माग

दाङ । संक्रमणकालीन न्यायका लागि गठित सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिक खोजबिन आयोगप्रतिको पीडितको अपेक्षा बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सरोकारवालासँग छलफल गरेको छ ।

आयोगप्रतिको नागरिकको धारणा, आयोगलाई विश्वसनीय बनाउन गर्नुपर्ने कार्य लगायतका बारेमा जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगका सदस्य घुम्ती शिविरमार्फत जिल्ला पुगेका हुन्। 

दाङको घोराहीमा सरोकारवालासँग शुक्रबार छलफल गर्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले आयोग गठन र त्यसको नेतृत्व चयनको विषयमा द्वन्द्वपीडितहरूले नै उठाएको प्रश्न र यसअघिका आयोगको कार्यसम्पादनले आयोगलाई विश्वसनीय बनाउन चुनौती रहेको बताउनुभयो ।

द्वन्द्वपीडितहरूले भने आयोगको फेरबदल भन्दा पनि द्वन्द्वपीडितलाई न्यायको आवश्यकता परेको भन्दै न्यायिक प्रक्रियामा सहयोग र गलत कार्यमा खबरदारी गर्दै न्याय र परिपूरणलाई छिटो छरितो गराउनुपर्ने माग गरेका छन् ।

अहिले बनेका आयोगले आफूलाई न्याय दिन्छन् भन्ने ग्यारेन्टी नभएको द्वन्द्वपीडितको आशंका छ । उनीहरूले आयोग पीडितमैत्री नभएको गुनासोसमेत गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.