नागरिक एपमा जोडियो श्रम संसार

श्रावण १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नागरिक एपमा जोडियो श्रम संसार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरूलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजना अघि सार्नुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठसँग संयुक्त रूपमा श्रम संसार र नागरिक एपबीचको साझेदारीलाई विधिवत् उद्‍घाटन गर्दै मन्त्री भण्डारीले मन्त्रालयले उपलब्ध गराउने सबै सेवालाई नागरिक समक्ष पुग्ने गरी डिजिटल फ्रेमवर्कको विस्तार तथा नागरिकमैत्री सुशासन अभिवृद्धि गर्न लागिएको बताउनुभयो ।

यस्तै बेरोजगार व्यक्तिहरूले श्रम तथा रोजगार सेवा प्राप्तिका लागि विभिन्न वेवसाइट चाहर्नु पर्ने तथा सेवा प्राप्तिको लागि भनसुन गर्नु पर्ने अवस्था नरहने मन्त्री भण्डारीले बताउनुभयो । श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकोले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको जानकारी समेत दिनुभयो । मन्त्रालयले आन्तरिक रोजगार, वैदेशिक रोजगार, श्रम बजार व्यवस्थापन तथा रोजगारमूलक सेवाहरूको साझा र एकीकृत सूचना प्रणालीको रूपमा रणनीतिक डिजिटल प्रणालीको विकास गरिरहेको सन्दर्भमा यसको पूर्ण कार्यान्वयनबाट सेवा प्रवाहमा देखिएको झन्झट, ढिलाइ र अस्पष्टता हट्ने मन्त्रालयको दाबी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.