बाढीले रोकिएका नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश फर्काइयाे

श्रावण ७, २०८२ |कमला पाख्रिन
बाढीले रोकिएका नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश फर्काइयाे

सिन्धुपाल्चाेक । बाढीका कारण रसुवा नाकामा अलपत्र नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ ।

रसुवाको भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि अलपत्र परेका २ सय ३ जना नेपालीलाई बुधबार तातोपानी नाका हुँदै नेपाल ल्याइएको हो ।

रोजगारी र गाडी चालकका रूपमा चीन गएका नेपाली कमदारलाई गत असार २४ गतेदेखि केरूङमा सुरक्षित राखिएको थियो ।

चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा उनीहरूलाई बिहान केरूङबाट तातोपानी ल्याइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयाे ।

चिनियाँ अधिकारीहरूले आज नेपाल चिन सिमाक्षेत्र मितेरीपुलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशत्र प्रमुखबीच उनीहरूलाई नेपाल हस्तन्तरण गरिएको थियो । 

 सबै नेपालीलाई स्वास्थ्य जाचँ गरी आ-आफ्नो घर पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयाे ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।