भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी

श्रावण ७, २०८२ |सरोज वली
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी

जाजरकोट । रुकुमपश्चिमको आठबिसकोटको वडा नंम्वर-१४ मा रा १ क १५०१ नंम्वरको टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। भेरी करिडोरको डोल्पा सडक खण्ड अन्तर्गत चिसापानीबाट छेपारे तर्फ आँउदै गरेको टिपर दुर्घटनामा परेको जाजरकोट प्रहरी प्रवक्ता सन्तोष चन्दले बताउनुभयो। 

दुर्घटनामा टिपर चालक दाङका मनिराम चौधरीका साथै रुकुमका धनबिर बस्याल रहेको बुझिएको छ । अर्का एकजनको भने पहिचान हुन नसकेको प्रहरीले बताएको छ । तीनै जनाको खोजी कार्यमा प्रहरी टोली परिचालन गरिएको प्रवक्ता चन्दले बताउनुभयो।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।