इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापक र त्रिविबीच सहमति

श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापक र त्रिविबीच सहमति

काठमाडौं । आन्दोलनरत इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापक र त्रिभुवन विश्वविद्यालयबीच सहमति भएको छ । विश्वविद्यालयले खोसेको संस्थानको स्वायत्तताको पुन: निरन्तरता दिने प्रतिवद्धता विश्वविद्यालयले जनाएपछि प्राध्यापकहरुले दुई सातादेखिको आन्दोलन फिर्ता लिएका छन् ।

विश्वविद्यालयलका उपकुलपतिसहितका पदाधिकारीहरुले संस्थानको स्वायत्ततालाई पुन: निरन्तरता दिने प्रतिबद्धता जनाएपछि सहमति भएको हो ।

संस्थान र आंगिक क्याम्पसका विभागीय प्रमुख तथा उपप्रमुखहरु सामूहिक राजीनामा दिई दुई सातादेखि पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएका थिए ।

सहमतिसँग भोलि मंगलबारदेखि नै पठनपाठन सञ्चालन हुने प्राध्यापक संगीता सिंहले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.