बंगलादेश वायुसेनाको विमान दुर्घटनामा १९ जनाको मृत्यु, सयभन्दा बढी घाइते

श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बंगलादेश वायुसेनाको विमान दुर्घटनामा १९ जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौं । ब‌ंगलादेश वायू सेनाको एउटा प्रशिक्षण विमान राजधानी ढाकास्थित माइलस्टोन स्कुल तथा कलेजको हाताभित्र दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

बंगलादेशको वायू सेनाले एफ सेभेन बीजीआई प्रशिक्षण जेट विमान ढाकाको उत्तरी क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ ।

दुर्घटनामा बालबालिका र केही वयस्क गरी ५० भन्दा बढी जलनका घाइतेहरुलाई अस्पताल ल्याइएको नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लाष्टिक सर्जरी अस्पतालका एक चिकित्सकले जनाएका छन् ।

मृतकको संख्या अझ बढन सक्ने बताइएको छ । कलेजका एक जना शिक्षकले विमान सोझै विद्यालय भवनमा ठोक्किएको बताएका छन् । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न आवश्यक कदम चालिने बताउनु भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.