नेपाल-भारत गृह सचिवस्तरीय बैठक मंगलबार नयाँदिल्लीमा

के छन् एजेन्डा ?
श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल-भारत गृह सचिवस्तरीय बैठक मंगलबार नयाँदिल्लीमा

काठमाडौं । नेपाल र भारतबीच मंगलबार नयाँदिल्लीमा गृह सचिवस्तरीय बैठक हुने भएको छ । दुई देशबीचको गृह सचिवस्तरीय बैठक ९ वर्षपछि बस्न लागेको हो ।

गृह सचिव गोर्कणमणि दुवाडीको नेतृत्वमा हुने बैठकमा सहभागी हुन परराष्ट्र र कानुन मन्त्रालयका सहसचिव, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरु गणेश ठाडा मगर र दानबहादुर कार्कीको टोली भारत गएको हो । बैठकमा सीमा अपराध, सीमा स्तम्भको सुरक्षा, लागुऔषध नियन्त्रणलगायतका विषयमा छलफल हुने छ । 

विषेश गरेर भारत-पाकिस्तानबीच भएको संघर्षपछि नेपाल-भारत सीमा क्षेत्रमा पनि सुरक्षा चुनौती थपिएकाले दुवै देशबीच सूचना आदानप्रदान सहज बनाउन पनि यस पटकको बैठकमा छलफल हुन सक्ने वैठकमा सहभागी एक प्रतिनिधिले जानकारी दिनुभयो । यसअघि नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल एसएसबीका प्रमुखबीच समन्वय र बैठकहरु हुँदै आएका छन् । गृह सचिवस्तरीय बैठकले सीमा क्षेत्रमा बढ्दै गएको सुरक्षा चुनौति समाधानका विषयमा निर्णय गर्ने छ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.