बालक कुटपिट गर्ने केयर सेन्टरका कर्मचारी बर्खास्त

श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालक कुटपिट गर्ने केयर सेन्टरका कर्मचारी बर्खास्त

काठमाडौं । बालाजुस्थित नियो चाईल्ड केयर सेन्टरले आफ्नो संरक्षणमा रहेका एक बालकलाई कुटपिट गर्ने कर्मचारीलाई बर्खास्त गरेको छ । सेन्टरले संरक्षणमा रहेका बालकलाई कर्मचारीले कुटपिट गरेकोमा माफी माग्दै आगामी दिनमा त्यस्ता घटना दोहरिन नदिने प्रतिबद्धता पनि जनाएको छ ।

 चाईल्ड केयर सेन्टरमा राखिएका बालकलाई संस्थाका कर्मचारीले हिर्काएको भन्दै सामाजिक सञ्जालमा एक भिडियो गत शुक्रबारदेखि भाइरल भनेको थियो । आफ्नो बच्चालाई कुटपिट भएको भन्दै अभिभावकले बनाएको भिडियो भाईरल भएको थियो ।

संस्थाका अध्यक्ष हरि कुँवरले बच्चालाई कुटपिट गर्ने कर्मचारीलाई बर्खास्त गरिएको जानकारी दिनुभयो । अभिभावकसँग सहमति गरी कुटपिट भएका बालकलाई संस्थामै राखिएको पनि सेन्टरले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.