सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिनुभएको हो । 

उहाँकाअनुसार हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपछि २ हजार ७ सय ९० वटामा मुद्दामा कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ । उहाँले प्राप्त मुद्दाहरूमध्ये ४ सय ८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा मुद्दा उच्च अदालतमा पुनरावेदन गर्ने गर्ने निर्णय गरेको बताउनु भयो । 

मुद्दा चलाउने वा नचलाउनेबारे गरिएको प्रारम्भिक निर्णयमा ३६८ मुद्दामध्ये ३४० वटामा मुद्दा नचलाउने निर्णय गरिएको उहाँले बताउनु भयो । उहाँले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको बताउनु भयो । उहाँले नायब र सह-न्यायाधिवक्तालाई निर्णयको अधिकार प्रत्यायोजन गरिएकाले फाइलको संख्या स्वाभाविक रूपमा कम भएको बताउनु भयो ।

फौजदारी न्याय प्रणालीलाई र सुधारका लागि आफू प्रतिबद्ध रहेको उहाँले बताउनु भयो । शुक्रबार नै महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको बिदाई समेत गरिएको छ । घिमिरे अनिवार्य अवकाशमा जान लाग्नुभएको कारण बिदाई गरिएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.