काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही-३ मा उम्मेदवार बन्न चाहेका ९ आकांक्षीले आइतबार नख्खु कारागार पुगेर सभापति रवि लामिछानेलाई भेटेका छन् ।
दुई-दुईजनासँग आलोपालो भएको भेटमा सभापति लामिछानेले रूपन्देहीमा आफ्नो आँसु पोखिएको भन्दै जसले टिकट पाए पनि जित्ने गरी लाग्न सुझाव दिनुभएको थियो ।
आकांक्षीहरूका अनुसार सभापति लामिछानेले एकजुट भएर चुनावमा होमिन पनि सुझाव दिनुभएको थियो ।