काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताउनुभएको छ ।
शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिकको जिउ धनको रक्षा गर्ने काममा लागिरहेको बताउनु भयो ।
उहाँले अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताउनु भयो ।
शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ । अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरू पनि पक्राउ गरिरहेको उहाँले बताउनु भयो ।
गृहमन्त्री लेखकले लगुऔषध न्युनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताउनु भयो । सडक दुर्घटनाको नियन्त्रण जरूरी रहेको उहाँकाे भनाइ छ।