काठमाडौं । श्रम र उत्पादनलाई सम्मान गर्दै माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले श्रमिकको अभावमा धान रोपाई गर्न नसकेका धनुषाका किसानहरूको खेतमा रोपाइँ गरेको छ ।
माओवादी केन्द्रको निधार्रित कार्यक्रमअनुसार माओवादी र वाइसीएलका नेता तथा कार्यकर्ताहरूले धनुषाको मिथिला विहारी नगरपालिका तारापटी गाउँमा एक विघाभन्दा बढि खेतमा धान रोपेका हुन् । श्रमिकको अभावमा स्थानीय किसानहरूले खोतमा धान बाली लगाउन सकेका थिएनन् ।
पानीको अभावबाट जुझिरहेका मधेशका केही किसानले श्रमिकको अभावका कारण खेतमा धान रोपाइँ गर्न पाएका थिएनन् । वाइसीएलले थालेको धान रोपाइँ कार्यक्रमले स्थानीय किसानहरूलाई केहि सहज भएको छ ।
मधेश प्रदेशबाट मात्र १५ लाख युवा वैदेशिक रोजगारमा गएपछि वाइसीएलले युवाहरूलाई श्रम र उत्पादनसँग जोड्न अभियाननै सुरू गरिएको बताइएको छ ।