चक्रपथ विस्तारमा पुराना गल्ती नदोहोर्‍याउन संसदीय समितिको आग्रह

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
चक्रपथ विस्तारमा पुराना गल्ती नदोहोर्‍याउन संसदीय समितिको आग्रह

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले कलंकी-नारायणगोपाल चोक- कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्‍याउन आग्रह गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले चक्रपथ विस्तार गर्दा कहाँ ओभरपास वा अन्डरपास राख्ने भन्नेमा अहिल्यै स्पष्ट हुनुपर्ने बताउनुभयो ।

यस्तै नेकपा (एमाले)का सांसद ठाकुर गैरेले नाराणगढ-बुटवल सडकखण्डको दाउन्ने क्षेत्र भएको ढिलासुस्तीले सरकारको निकै आलोचना भएको उल्लेख गर्दै चक्रपथ स्तरोन्नति गर्दा त्यो प्रवृत्ति दोहोरिन नदिन सचेत गराउनुभयो । 

उहाँले चिनियाँ सरकारकै सहयोगअन्तर्गतको परियोजनामा बसुन्धरा क्षेत्रको तीन सय मिटर क्षेत्र समेट्न नसके सरकारले अरू स्रोत जुटाएर भए पनि पूरा गर्नुपर्ने धरणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले चिनियाँ कम्पनीले चक्रपथ विस्तारको काम सधैं होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताउनुभयो ।

शुक्रबारको बैठकमै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विकासका नाममा विरोध गरेर सधैं नचल्ने बताउनुभयो । साथै कुनै पनि कानुनी अल्झनको आधारमा विकासमा अवरोध हुन नहुने बताउनुभयो ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले वातावरणमैत्री विकास आवश्यक रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.