कुलिङमा जालसाजी : संसद् सचिवालयका सचिव दुरासँग लिइयो बयान

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुलिङमा जालसाजी : संसद् सचिवालयका सचिव दुरासँग लिइयो बयान

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसँग सम्बन्धित व्यवस्थामा भएको त्रुटिबारे छानबिन गर्न गठित विशेष समितिले संसद् सचिवालयका सचिव सुरजकुमार दुरासँग बयान लिएको छ ।

समितिले आजदेखि छानबिन प्रक्रिया सुरु गरेको हो । संघीय संसद् सचिवालयका सचिव दुरासँग बयान लिएर अनुसन्धान अघि बढाइएको समितिका संयोजक जीवन परियारले जानकारी दिनुभयो । समितिले प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनमा भएको गम्भीर त्रुटिको कारण पत्ता लगाउने कार्यादेश पाएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा नभएको विषय थपिएको भन्दै विवाद सिर्जना भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.