खहरे खोलाको लेदोले बीपी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

असार २९, २०८२ |पुजन धिताल
खहरे खोलाको लेदोले बीपी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ पिन्थलीस्थित बिरुवाडाँडा र कालढुङ्गा नजिकै बीपी राजमार्ग खण्डमा खहरे खोलाको लेदो पस्दा बाटो पूर्ण रूपमा दुईतर्फी अवरुद्ध भएको छ । आइतबार साँझ करिब ६:३० बजेको समयमा खोलाबाट आएको लेदोले सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा गएर सडक खुलाउने कार्यका लागि पहल भइरहेको छ । लेदोको मात्रा धेरै भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ । साथै, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

वर्षाका कारण लगातार पहिरो र लेदोको समस्या देखिन थालेपछि सम्बन्धित निकायहरूलाई समयमै पूर्वतयारी गर्न समेत सुझाव दिइएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।