कैशाल मानसरोवरका तीर्थयात्री सिन्धुपाल्चोकको तातोपानीबाट फर्कदै

रसुवाको टिमुरे-केरुङ सडक क्षतिको असर
असार २६, २०८२ |कमला पाख्रिन
कैशाल मानसरोवरका तीर्थयात्री सिन्धुपाल्चोकको तातोपानीबाट फर्कदै

सिन्धुपाल्चोक । कैलाश मानसरोवरको तीर्थयात्रामा गएका विदेशी तीर्थयात्रीहरू सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । रसुवाको टिमुरे-केरुङ सडक पूर्णरूपमा विच्छेद भएपछि उनीहरुले बैकल्पिक सडकका रुपमा तातोपानीलाई प्रयोग गरेका हुन् ।

रसुवा नाकाबाट चीनको स्वशासित तिब्बतस्थित पवित्र स्थलमा भारतबाट आएका तीर्थयात्रीहरूलाई चीन सरकारले केरुङ नाका हुँदै कैलाश मानसरोवर जाने अनुमति दिएको थियो । उनीहरू रसुवाको टिमुरे नाका हुादै केरुङ प्रवेश गरेका थिए । तर, मंगलबार बाढीका कारण टिमुरे-केरुङ सडक पूर्णरूपमा विच्छेद भएपछि तीर्थयात्रीहरूलाई र्फकन समस्या परेको थियो।

बाढीका कारण आवागमण सुचारु गर्न नसकिनेे देखिएपछि चीनले तीर्थयात्रीहरूलाई वैकल्पिक नाका प्रयोग गरी सुरक्षित रुपमा नेपाल फर्काइएको अध्यागमन कार्यालय तातोपानी कोदारीका प्रमुख कृष्ण खनालले जानकारी दिनुभयो ।

विभिन्न देशका नागारिकलाई डाइपोर्ट खुल्ला चौरबाट मनाङ एयरको ४ वटा हेलिकप्टरबाट ७२ जनालाई र कोदारी राजमार्ग हुदै ६४ जनालाई वसमार्फत काठमाडौं पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । अमेरिका, क्यानडा, आयरल्यान्ड, मलेसिया, सिंगापुरको नागरिकताधारी भारतीय मूलका नागरिक कैलाश मानसरोवर यात्रा पूरा गरेर फर्केका हुन् ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।