
बाँके । तीनतिरबाट राप्ती नदीले घेरिएको बाँकेका तटीय क्षेत्रका बासिन्दालाई बाढी र डुबानबाट जोगाउन ठाउँठाउँमा पक्की आश्रयस्थल निर्माण गरिएको छ । छिटैपुर्वा, रामनगरपाँझा, चौफेरीलगायतका बस्ती २ मिटरसम्म बाढीको पानी जमेर डुब्दै आएकाले त्यहाँका बासिन्दाको ज्यूधन जोगाउन उँचो र सुरक्षित स्थल छानेर पक्की सेल्टर बनाइएको हो । त्यस्ता सेल्टरमा एक हजारजनासम्म अटाउने क्षमता छ ।
बर्खा लाग्यो, आकासमा कालो बादल मडारिइरहन्छ । कुन बेला उर्लेर आएको राप्तीको बाढीले बस्ती डुबाउने हो ? बााके छिटैपुर्वाका ८० वर्षका बन्दर यादवलाई परिवार र पशुचौपायालाई जोगाउन नसकिएला कि भन्ने चिन्ताले पिरोलिरहन्छ छ ।
बस्ती नजिकै भैंसी चराउादै गर्दा भेटिनुभएका कधइलाल बर्मा यादवका छिमेकी र सानैदेखिका साथी हुनुहुन्छ । उहाँहरूलाई बाल्यकालदेखि नै आफ्नो गाउँ डुबानमा पर्दैआएको अनुभव छ । गाउँ डुब्दा बालबच्चा महिला, ज्येष्ठ नागरिक तथा असक्तलाई जोगाउन कठिन हुन्छ । सुत्नेबस्ने ठाउा त परै जाओस् खाना र पानीसमेत पाइदैन ।
यस्तो अवस्था हरेक बर्खामा दोहोरिइरहन्छ । यो बस्तीमा तीन वर्षअघि डुबानको चपेटामा परेकी मीना मौर्यले न कतै भाग्ने ठाउँ पाउनुभयो न त खाने बस्ने ।
सबैभन्दा ठूलो बाढी २०७१ सालमा आएको थियो । त्यो बेला यहााको बस्तीमा साढे २ मिटरसम्म पानी जमेको थियो । २०७४ मा २ मिटर त सबैभन्दा कम २०७९ मा १ मिटर मापन गरिएको थियो । छिटैपुर्वाजस्तै रामनगरपाझाका बासिन्दा पनि जोखिममा पर्दैआएका छन् । बिजुलीका खम्बामा देखिने यी खतराका सूचकले यहााको अवस्था छर्लङ्ग पार्छ ।
त्यसैले बाढी र डुबानको जोखिमका बेला सुरक्षित रहन डुडुवा गाउँपालिकाले ....बजेट खर्च गरेर सेल्टर बनाएको छ । ५ सयदेखि १ हजार जना अटाउनसक्ने यी पक्की भवनमा डुबान पीडितलाई राखिनेभएको छ ।
डुडुवाको ४३ हजार जनसंख्यामध्ये आधाभन्दा बढी डुबान प्रभावित क्षेत्रमा छ । उनीहरूलाई बाढी र डुबानको जोखिमबाट जोगाउने उद्देश्यले डुडुवा गाउापालिकाले सेल्टर निर्माण गरेको हो । डुबान हुादा कतै जानसक्ने उपाय नै नभएका बेला प्रभावितहरू यहाा आश्रय लिएर बस्न र बाढी घटेपछि घर फर्किन सक्छन । तर यसले नै समस्याको दीर्घकालीन समाधान गर्छ भन्ने देखिँदैन ।