गीतसंगीतले नागरिकको मन र मुटु छुन्छ : सभामुख घिमिरे

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
गीतसंगीतले नागरिकको मन र मुटु छुन्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गीतसंगीत नागरिकको मन र मुटु छुने क्षेत्र भएको बताउनुभएको छ । आइतबार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हरेक कुरालाई जनसमुदायमा प्रभावकारी ढंगबाट लैजाने माध्यम नै गीतसंगीत भएको बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “हामीले बोलेका र गरेका कुराहरू प्रभावकारी हुँदैनन् । तर तिनै कुरालाई संगीतको माध्यमबाट, गीतको माध्यमबाट लैजाँदा स्मरणमा रही रहन्छन् र प्रभावकारी ढंगबाट मन मष्तिष्कलाई छुन सक्छ । मुटुलाई र दिमागलाई छुन सक्छ । जनसमुदायमा प्रभावकारी ढंगबाट लैजाने विधाहरूमध्ये सबैभन्दा ठूलो संगीत र गीतको विधा हो । त्यसपछि कविता लगायत अन्य कुराहरू हो ।”

सभामुख घिमिरेले वरिष्ठ गीतकार श्रीमती रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औं जन्मजयन्तीको अवसरमा ४३ औं छिन्नलता गीत पुरस्कार समर्पण समेत गर्नुभयो । छिन्नलता गीत पुरस्कारबाट यस वर्ष गीत रचना राजेन्द्र रिजाल, संगीत सिर्जना अच्युतप्रसाद फुयाल, संयुक्त गायनबाट रामभक्त जोजिजू र इतु जोजिजू, युवा प्रतिभा पुरस्कारबाट एसडी योगीलाई सम्मान गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.