दक्षिण कोरियाद्वारा कागेश्वरी मनोहरालाई ६० लाख बराबरका प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
दक्षिण कोरियाद्वारा कागेश्वरी मनोहरालाई ६० लाख बराबरका प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार

काठमाडौं । दक्षिण कोरियाबाट कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख रुपैयाँ बराबरका दुई वटा अत्याधुनिक प्लास्टिक रिसाइक्लिङ मेसिन उपहारस्वरूप प्राप्त हुने भएको छ । उक्त मेसिन अटोमेटिक प्रणालीयुक्त हुनेछ, जसले प्लास्टिकका पीपी बोतल मुख्यतः पानी र जुसका बोतल राख्नेबित्तिकै त्यसलाई धुलोमा परिणत गरी बाहिर निकाल्नेछ । 

यस प्लास्टिक धुलोबाट विभिन्न निर्माण सामग्री तयार गर्न सकिने भएकाले स्रोतको पुनः उपयोग, वातावरण संरक्षण र आय आर्जनको सम्भावना एकैसाथ रहनेछ । कोरियन टोलीले सुरुमा मेसिनको प्रयोग विधि, मर्मत सम्भार र व्यवस्थापनसम्बन्धी व्यापक तालिम प्रदान गर्नेछ भने त्यसपछिको दीर्घकालीन सञ्चालनको जिम्मेवारी नगरपालिकाले लिनेछ ।

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले प्लास्टिकको पुनःचक्रणले वातावरणीय स्वच्छता मात्र नभई उत्पादनमूलक रूपान्तरण र रोजगारी सिर्जनामा पनि नगरलाई अग्रगामी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

यससँगै कोरियन प्रतिनिधिहरूले कागेश्वरी नगरपालिकाबाट सिफारिस हुने विद्यार्थीहरूलाई कोरियास्थित सियोल जाङसिन विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गराउने अवसर दिने पनि घोषणा गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.