काठमाडौं । नेपालकी संस्कृति आचार्य सन् २०२५ को वर्ल्ड च्याम्पियनसिप अफ पब्लिक स्पिकिङको सेमिफाइनलमा प्रवेश गर्न सफल हुनुभएको छ ।
भारतको नयाँदिल्लीमा सम्पन्न क्वार्टरफाइनलमा शीर्ष २८ मा स्थान बनाउँदै उहाँ सेमिफाइनलमा पुग्नुभएको हो । क्वार्टरफाइनलमा १ सय २८ प्रतिस्पर्धी सहभागी थिए ।
टोस्टमास्टर्स इन्टरनेशनलद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनल अमेरिकाको फिलाडेल्फियामा हुँदैछ । संस्कृतिले फिलाडेल्फियामा हुने सेमिफाइनलमा नेपाल र आफ्नो टोस्टमास्टर्स क्षेत्रको प्रतिनिधित्व गर्नुहुनेछ ।
संस्कृति कान्तिपुर टेलिभिजनकाे प्रशिक्षार्थी पत्रकार हुन् ।