निजामती विधेयक राष्ट्रिय सभामा टेबल भए पनि प्रतिवेदन वितरण नभएको भन्दै सांसदहरूको विरोध

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजामती विधेयक राष्ट्रिय सभामा टेबल भए पनि प्रतिवेदन वितरण नभएको भन्दै सांसदहरूको विरोध

काठमाडौं । प्रतिनिधि सभामा जालसाजी भएको निजामती विधेयक राष्ट्रिय सभामा टेबल भए पनि प्रतिवेदन अहिलेसम्म वितरण नगरिएको भन्दै सांसदहरूले विरोध गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रबार को बैठकमा सदस्यहरूले निजामती विधेयकमा जालसाजी भएको कुलिङ अफ पिरियडलाई सच्च्याएर पारित गर्नुपर्ने धारणा पनि राखे । प्रतिनिधि सभाबाट सन्देशसहित असार १८ गते आएको संघीय निजामति सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै सांसदहरूले आपत्ति पनि जनाए । 

अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भीर विषय भएको र विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शंका उब्जेको उनीहरूको भनाइ छ । सांसदहरू राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले विधेयकलाई लिएर आशंका थपिएको र राष्ट्रिय सभामा प्रतिवेदन वितरण नगर्नुले पनि प्रश्न उठेको बताए।

यस्तै बाढी पहिरोको क्षति कम गर्न, मनसुनसँगै सुरू भएका रोग र संक्रमण रोकथाम गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले मल अभावको समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरे ।

जाजरकोट भूकम्पपीडितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन पनि सांसदहरूले माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.