पृथ्वी राजमार्गको धादिङ खण्ड अवरूद्ध

काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारी साधन रोकियाे
असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पृथ्वी राजमार्गको धादिङ खण्ड अवरूद्ध

धादिङ । लगातार वर्षासँगै पहिरो झर्दा पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे नजीकै ७ किलामा सडक अवरूद्ध भएको छ ।

संघिय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रूपमा रहेको पृथ्वीराजमार्गको ७ किलोमा सडक माथिबाट खसेको पहिरोको कारण सवारी आवागमन अवरूद्ध भएको हो ।

पहिरो पन्छाउने प्रयास भइरहे पनि लगातारकाे वर्षाका कारण समस्या भएको धादिङका ट्राफिक प्रहरी प्रमुख सुरज श्रेष्ठले बताउनु भएको छ ।

पहिरोको कारण सडक अवरूद्ध हुँदा संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारी साधन रोकिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.