नगरकार्यपालिकाको बैठकले शुक्रबार सेवा प्रवाह अवरोध हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । गत असार ४ गते हेटौंडा उपमहानगरपालिका वडानम्बर १ का अध्यक्ष सबिन न्यौपानेमाथि कार्यकक्षमा दुर्व्यवहार भएको घटना सेलाउन नपाउॅंदै वडा नम्बर ४ का अध्यक्ष नबिन सिग्देलमाथि दुर्व्यवहार भएको हो ।
ढल निर्माणको अनुगमनको क्रममा पुगेका वडा अध्यक्ष सिग्देललाई निर्माण व्यवसायीले दुर्व्यवहार गरेको उपमहानगरले जनाएको छ । दुर्व्यवहार गर्ने निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले जनप्रतिनिधिको सुरक्षामा नागरिक समाज र सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।