विवादित संघीय निजामती विधेयक राष्ट्रिय सभामा टेबुल

विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूकाे विरोध
असार १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विवादित संघीय निजामती विधेयक राष्ट्रिय सभामा टेबुल

काठमाडौं । विवादित संघीय निजामती विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सचिव सुरेन्द्र अर्यालले निजामती विधेयक प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित टेबुल गर्नुभएको हो । 

राज्य व्यवस्था समितिबाट पारित हुँदा जालझेल भएको प्रतिनिधि सभाले समेत स्वीकारेको भन्दै उक्त विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले विरोध जनाएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले प्रतिनिधि सभाबाट संघीय निजामती कर्मचारी विधेयक पारित गर्दा दुई वर्षीय कुलिङ अफ पिरियड हटाइएको भन्दै विरोध गरेका छन् । 

सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत् पारित दुई बर्से कुलिङ पिरियडमाथि नै चलखेल गरेर हटाउन संलग्नलाई पहिचान गरी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

विधेयक पारित गर्दा कसरी चलखेल भयो भनेर सांसदहरूले प्रश्नसमेत गरेका छन् । केही सांसदले त कानुन निर्माणमा किर्ते गर्नेलाई संसदीय छानबिन समिति गठन गरी कारबाही गर्नसमेत माग गरे ।

सांसदहरूले देशभर बाढी-पहिरोले क्षति पुर्‍याइरहेको भन्दै सरकारलाई गम्भीर भएर उद्धार र राहतमा केन्द्रीत हुन आग्रहसमेत गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.