काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश सुमनले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’लाई स्वतन्त्र प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमा टुक्राएर नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण गरी दुई प्राधिकरण बनाउने गरी विधेयक ल्याएको छ ।
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रस्तुतिकरण र छलफलका क्रममा उहाँले दुई वटा प्राधिकरणलाई नै स्वतन्त्र बनाइनुपर्ने बताउनु भयो ।
यो टुक्राएको नभइ दुई जना महानिर्देशक मात्रै राखेको तर त्यसको अध्यक्षमा एउटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अर्कोको अध्यक्ष पर्यटन सचिव रहने व्यवस्था रहेको उहाँले बताउनु भयो ।