संसदीय सुनुवाइ : न्यायाधीशको प्रक्रियाबाटै अलग हुन प्रस्तावित न्यायाधीश पोखेरेललाई सांसदहरुको आग्रह

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदीय सुनुवाइ : न्यायाधीशको प्रक्रियाबाटै अलग हुन प्रस्तावित न्यायाधीश पोखेरेललाई सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेललाई न्यायाधीशको बाँकी प्रक्रियाबाटै अलग हुन आग्रह गरेका छन् ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रस्तावित न्यायाधीश पोखरेललाई स्वविवेकीय ढंगले प्रक्रियाबाटै अलग हुन सुझाव दिनु भएको हो । सर्वोच्च बारको अध्यक्षमा डेढ वर्षको कार्यकाल बाँकी रहँदा राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउँदा न्यायिक विचलन हुन सक्ने उहाँको भनाइ छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले केही समयअघि मात्रै सर्वोच्च बारको अध्यक्षमा निर्वाचित भएको व्यक्ति दुई वर्ष नपुग्दै सर्वोच्चको न्यायाधीशमा जान उचित नहुने जिकिर गर्नुभयो । यस्तो अवस्थामा नैतिकताको प्रश्न उठ्ने उहाँको भनाइ छ ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि प्रस्तावित न्यायाधीश पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ भन्दै प्रश्न गरेका थिए ।

सांसदहरुको आलोचनापछि प्रस्तावित न्यायाधीश पोखरेलले आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने जिकिर गर्नुभयो ।

सुनुवाइमा अर्का प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्य आफ्नो प्राथमिकतामा रहने बताउनुभएको थियो । यस्तै, नेपाली कांग्रेसका मु्ख्य सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाउनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.