प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले जेठ १५ मा ल्याएको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‍मा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रतिनिधि सभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि बहुमतले पारित गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.