बुटवलमा ७ करोडको लागतमा निर्माण भएकाे युद्ध संग्राहलय दुई वर्षदेखि सञ्चालनविहीन

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुटवलमा ७ करोडको लागतमा निर्माण भएकाे युद्ध संग्राहलय दुई वर्षदेखि सञ्चालनविहीन

काठमाडौं । अङ्ग्रेज फौजलाई हराएको जितगढी किल्ला परिसर बुटवलमा ७ करोडको लागतमा युद्ध संग्राहलय निर्माण भएको छ । तर संघीय सरकारको लगानीमा २ वर्षअघि नैसंग्राहलय भवन निर्माण भए पनि अहिलेसम्म सञ्चालन भएको छैन् ।

युद्ध संग्राहलयका लागि आवश्यक पर्ने १२ करोड रूपैयाँ थप लगानी गर्नुपरेपछि भवन त्यत्तिकै थन्केको हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले संग्राहलय सञ्चालनका लागि प्रदेश सरकारसँग रकम माग गरे पनि सहयोग नहुँदा सञ्चालन नभएको बताउनुभयो ।

युद्ध संग्राहलय बुटवल उपमहानगरपालिका-१ मा करिब ३ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । जितगढी किल्लामा नेपाली फौजले अंग्रेजसँग गरेको युद्धको झल्को दिने उद्देश्यले संग्राहलय बनाइएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.