धादिङ । थाक्रे स्थित महादेववेशीमा किसानहरुले पालेको बंगुर अफ्रिकन स्वाईन फिभरको कारण धमाधम मर्न थालेको छ । महादेववेशी स्थित जिवन ग्याल्वो तामाङ्गको बंगुर फार्ममा अफ्रिकन स्वाईन फिभर देखिएको हो । संक्रमणका कारण फर्मका बङ्गगुर धमाधम मर्न थालेका छन् ।
ज्वरो आउने दाना पानी खान मन नगर्ने झोक्राउने लक्ष्यणदेखा परी बंगुर मर्ने थालेको किसानहरुले बताएका छन् ।
पशु सेवा कार्यलय धादिङबाट गएको प्राविधिक टोलिले मरेको बंगुरको पोष्टमार्टम गरी नमुना परिक्षणका लागी पठाएको बताईएको छ ।
पशु सेवा कार्यालय धादिङका बरिष्ठ पशु विकास अधिकृत डाक्टर बबलु ठाकुरका अनुसार स्वाईन फ्लु हो वा अफ्रिकन स्वाईन फिभर हो ,अझै यकिन गर्नका लागी केन्द्री पशु रोग अन्वेरण प्रयोगशालामा बंगुको नमुना परिक्षणका लागी पठाईए बताउनु भएको छ ।
लगातार बङ्गुर मर्न लागे पछि किसान चिन्तीत छन् । पछिल्लो एक सातामा दैनिक सातदेखी नौ ओटासम्म बंगुहरु मर्ने गरेको छ ।
संक्रमण थप फैलन नदिनका लागी महादेवबेशी क्षेत्रमा रहेको बंगुरहरु एक ठाँउबाट अर्को ठाँउमा ओसार पसार गर्न रोक लगाईएको छ ।