काठमाडौं । सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी इजरायलमा पाँच हजार पाँच सय र इरानमा १२ जना नेपाली रहेको भन्दै सबै सुरक्षित रहेको जानकारी दिएको हो।
इजरायल र इरानबीच विकसित घटनाक्रमलाई सरकारले नजिकबाट नियालीरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकता अनुसार कदम चालिने पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
पछिल्ला तीन दिनयता इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली दूतावासमा टेलिफोन सम्पर्क गरी नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन पनि दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।