राप्रपा प्रमुख सचेतक शाहीलाई वर्षमानको जवाफः स्टन्ट गरेर राजनीति चल्दैन

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
राप्रपा प्रमुख सचेतक शाहीलाई वर्षमानको जवाफः स्टन्ट गरेर राजनीति चल्दैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले स्टन्ट गरेर राजनीति नचल्ने बताउनुभएको छ ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्रमाथि विभिन्न आरोप लगाउनुभएको छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उपमहासचिव पुनले प्रमुख सचेतक शाही हावादारी कुरा गर्ने व्यक्ति भएको बताउनु भयो । उहाँले वाहियात, तर्कहिन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ज्ञानेन्द्र शाहीजीलाई म व्यक्तिगत रूपले सम्मान गर्दछु । तर प्रवृत्तिगत रूपले उहाँसँग हाम्रो सहमति छैन् । विगतमा प्रधानमन्त्रीसँग टिआरसीको बारेमा छलफल भयो, त्यसैदिन कुलमानलाई हटाउनु भयो । त्यसैदिन कुलमान साट्यो भन्नुभयो । यस्ता वाहियात, तर्कहिन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुगिँदैन । उहाँ एउटा युवा राजनीतिज्ञ हुनुहुन्छ । सस्तो लोकप्रियताबाट स्टन्ट गरेर राजनीति चल्दैन ।’

उहाँले सस्तो लोकप्रियताबाट राजनीति चल्न नसक्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.