काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद् विचौलियाको पक्षमा उभिनुभएको आरोप लगाउनुभएको छ ।
संघीय संसद् भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संसद् र सभामुख स्वयं विचौलियाको पक्षमा उभिएपछि संसद् बहिष्कार गर्नुपरेको बताउनुभएको हो ।
उहाँले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद् सुचारू गर्नुभएको बताउनु भयो । उहाँले एक जना सांसदले विरोध जनाउँदा संसद् चल्न नसक्ने नियमावली रहेको भएपनि सभामुखले नियमावली विरूद्ध गएर संसद् सुचारू गर्नुभएको बताउनु भयो ।
प्रमुख सचेतक शाहीले संसद्मा उठेका आवाज सम्बोधन नगर्ने भएपछि संसद्भित्र बस्नुको औचित्य नरहेको बताउनु भयो ।