हेंवा खोलाको पुल भाँचिएकोबारे छानबिन समिति गठन

असार १, २०८२ |विकास आचार्य
हेंवा खोलाको पुल भाँचिएकोबारे छानबिन समिति गठन

काठमाडौं । मेची राजमार्गको फिदिम-ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ्-७ जोड्ने हेंवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्री देवेन्द्र दाहालले मन्त्री स्तरीय निर्णय गरी ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गर्नु भएको हो । सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहनु भएको छ ।

समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिन भित्रमा प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको छ । समितिले आइतबार देखिनै काम सुरू गरी सकेको छ ।

सम्बन्धित समाचार :

पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।