इजरायलमा रहेका नेपाली सुरक्षित : राजदूत पण्डित

आपतकालीन अवस्था आइपरे सम्पर्क गर्न आग्रह
असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
इजरायलमा रहेका नेपाली सुरक्षित : राजदूत पण्डित

काठमाडौं । इजरायलमा इरानको आक्रमणपछि युद्धको अवस्था रहे पनि त्यहाँ रहेका नेपाली सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलमा ७ हजार नेपाली रहेको र अहिलेसम्म युद्धबाट नेपालीलाई कुनै असर नपरेको बताउनुभएको छ । 

उहाँले इजरायलमा अहिले युद्धको अवस्था रहेको र बजार, स्कुल तथा यातायात सबै बन्द रहेकाले कुनै आपतकालीन अवस्था आइपरे सम्पर्क गर्न नेपालीहरूलाई भनिएको जानकारी दिनुभयो । यस्तै, पछिल्लो घटनाक्रमका बारेमा दूतावास परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्कमा रहेको पनि उहाँले बताउनुभयो ।

यसैगरी, आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् । सांसद देवेन्द्र पौडेलले नेपालीको सुरक्षा र उद्दारका लागि कूटनीतिक रुपमा तत्काल पहल गर्न पनि आग्रह गर्नुभएको हो ।

इजरायलले शुक्रबार बिहान इरानमा आक्रमण गरेपछि इरानले पनि जवाफी आक्रमण गरेको छ । मध्य तथा उत्तरी इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा १० इजरायलीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.