खोटाङको हलेसीमा कोदोको विस्कुट बनाउने तालिम

असार १, २०८२ |उत्तम चौलागाईं
खोटाङको हलेसीमा कोदोको विस्कुट बनाउने तालिम

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा-१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङ सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदो खेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आˆनै ठाउामा स्वरोजगार बनाउने उद्देश्यले कक्षा-१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो ।

'कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार' भन्ने नारासहित वडा नं.-७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजनामा सात दिने तालिम आयोजना गरिएको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, ब्रेड, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शनसमेत गरिएको थियो ।

तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रि-धार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहार स्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं.-७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।