धनकुटा । सुँगुरको मासु खाँदा हड्डी अड्किएका धनकुटाका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका-९ मूर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बू हड्डी अड्किएपछि गत जेठ २१ गतेदेखि विराटनगरको विराट टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । धनकुटा प्रहरीका अनुसार उपचारकै क्रममा शुक्रबार उहाँको मृत्यु भएको हो ।