काठमाडौं । मधेश प्रदेशका सांसद सरोज कुमार सिंह कुश्वाहा अख्तियार अनुसन्धान आयाेगद्वारा पक्राउ परेका छन् ।
सांसद कुश्वाहालाई अख्तियारको टोलीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।
सांसद विकासको रकम स्थानिय उपभोक्ता समितिमार्फत् कमिशन लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सांसद कुश्वाहालाई पक्राउ गरेको हो ।
उनले २०७६ सालदेखि २५ देखि ३० प्रतिशत रकम सिधै बैंक खातामा जम्मा गरेको खुलेको छ । अख्तियारले उनको सम्पती विवरण माथि थप अनुसन्धान गर्ने भएको छ ।