नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्ती स्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ । बुधबार राति भएको आगलागिमा परेर फर्ममा रहेका ५ हजार ७ सय वटा कुखुरा जलेर मरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी वीरदत्त पन्तले बताउनुभयो ।
आगलागी हुँदा प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय वटा ठूला चल्ला जलेर मरेको हो । प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
बर्दघाट नगरपालिकाको दमकल, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट फर्मको भौतिक संरचना र कुखुरा गरेर १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।