चितवन । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गयराती रत्ननगर-८ चित्रसारी स्थित बुढी राप्तीमा माछा मार्ने क्रममा स्थानीय वर्ष २७ का अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
राती ९ बजेको समयमा स्थानीय ४५ वर्षका राजकुमार माझी र मृतक अभिषेक माछा मार्न पुगेका थिए । गोहीले मान्छे तानेर लगेको खबरपछि रत्ननगर र मैनाहाको प्रहरीले खोजी गर्दा आज विहान १:२० बजेको समयमा माछा मारेको स्थानबाट २ सय मिटर उत्तरतर्फ खोला छेउमा शव फेला परेको प्रहरीले जनाएको छ ।