भीरबाट खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
भीरबाट खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा भीरबाट खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु भएको छ । भुकम्पपछि टिनको टहरामा सुतिरहेका बेला बिहीवार राति करिब ९ः३० बजेको समयमा टहरा माथिबाट खसेको ठूलो ढुङ्गाले नरबहादुर बुढाकी १६ वर्षीया छोरी चन्द्रा बुढाको घटनास्थलमै मृत्यु भएको हो । 

उनीसँगै सुतेकी २० वर्षीया सर्मिला बुढा घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकि अर्छानि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.