धनुषाको दुहबी नाकामा तस्कर र सशस्त्र प्रहरीबीच दोहरो झडप पछि कडाई

असार २०, २०८२ |अनिल मिश्र
धनुषाको दुहबी नाकामा तस्कर र सशस्त्र प्रहरीबीच दोहरो झडप पछि कडाई

धनुषा ।  भारतिय सिमा सुरक्षावलले धनुषाको बिदेह नगरपालिका दुहबी नाकामा बिहीबार साँझ तस्कर र सशस्त्र प्रहरीबीच दोहरो झडप भएपछि कडाई गरिएको छ । लामो सयम देखि संगठित रुपमा तस्करी गर्दै आएका राजीव महासेठको दुहबी स्थीत दशगजा छेउमै रहेको गोदाममा छापा हान्ने क्रममा सशस्त्र प्रहरी माथि आक्रमण भएको र आत्मरक्षाका लागि प्रहरीले गोली चलाएपछि भारतिय सिमा सुरक्षावलले आज बिहान देखि कडाई गरेको छ ।

झडपको क्रममा घाईते भएका एक जना सहायक निरीक्षक सहित तिन जना सशस्त्र प्रहरी उपचार पछि फर्किसकेको जनकपुरधाम प्रादेशिक अस्पतालका निमित्त निर्देशक डा. केडि दाशले जानकारी दिनु भयो । प्रहरी माथि आक्रमण गर्नेहरुको खोजी कार्य भईरहेको तस्करका मुख्य नाईके राजीव महासेठ फरार रहेको प्रहरुीले जनाइएको छ । 

दुई सय जना भन्दा बढिको समुह जाईलागेपछि सो क्रममा सशस्त्र प्रहरीले ९ राउन्ड आश्रुग्यास र ५ राउन्ड जंगी गोली चलाएको थियो । भारतबाट चोरी पैठारी गरि ल्याएको सामान नियन्त्रणमा लिन खाजेपछि यस अघि पनि सोही समुहले जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालयको संयुत्त टोलीमाथि आक्रमण गरेको थियो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।