मन्त्रिपरिषद्‍को निर्णयविरुद्ध पहिलो पटक अख्तियारद्वारा मुद्दा दायर

जेष्ठ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद्‍को निर्णयविरुद्ध पहिलो पटक अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । मन्त्रिपरिषद्ले गरेको कुनै पनि निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको यो पहिलो पटक हो । यसअघि बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरणमा भने अख्तियारले पूर्वप्रधानमन्त्रीहरूविरुद्ध मुद्दा लगाएको थिएन । 

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिए पनि उहाँहरूलाई प्रतिवादी बनाएको थिएन । मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि अभियोजन गर्न सक्ने कानुनी प्रावधान नभएको भन्दै त्यस बेला अख्तियारले पूर्वप्रधानमन्त्रीहरूविरुद्ध मुद्दा नलगेको हो । 

यो प्रकरणमा तत्कालीन मन्त्री तथा कर्मचारीहरूलाई विपक्षी बनाइएको थियो ।

तर अहिले सरकारी नीतिगत निर्णयमार्फत भएको पतञ्जलिका नाममा भएको जग्गा हिनामिना प्रकरणमा भने अख्तियारले पूर्वप्रधानमन्त्री नेपाललाई प्रतिवादी बनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णयमाथि छानबिन गर्ने अधिकार कानुनले दिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.