पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा बेलिब्रिज जोड्ने काममा ढिलाई भएसँगै पुनः यातायात बन्द हुने भन्दै स्थानीय चिन्तामा छन ।
जेठ १५ भित्रै सक्ने भनिएको बेलिब्रिज जडानको काम २२ गतेसम्म नसकिएपछि यातायात व्यवसायी र स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । त्यहाँ बेलिब्रिजका लागि आवश्यक पुर्वाधारको काम सकेर जेठ दोस्रो साता जडान गर्न थालिएपनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम सकिएको छ ।
निर्माण व्यवसायीले जेठ १५ भित्र जडानको सबै काम सक्छौं भनेर प्रतिवद्वता जनाएपनि उक्त समयमा काम मात्रै थालिएकाले काममा ढिलाइ भइरहेको हो ।
यहि गतिमा काम गर्ने हो भने अझैं एक महिना लाग्ने देखिएको स्थानीयको आशंका छ । मनसुन सकृय भइसकेकाले चाँडै काम नसके खोलामा हालिएको डाइभर्सन बगेर पुनः यातायात अवरूद्व हुने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
सडक डिभिजन इलाममार्फत् जडान हुँदै आएको बेलिब्रिजका लागि दोभान सुपर सौगात जेभिले ठेक्का लिएको छ ।