रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज बिहानैदेखि भएको वर्षाले अत्यधिक गर्मीको मारमा परेका स्थानीयवासीलाई राहत मिलेको छ। पछिल्ला केही दिनदेखि चर्को घाम र उच्च तापक्रमका कारण जनजीवन प्रभावित भएको थियो।
स्थानीय व्यवसायी सिताराम लोहारका अनुसार, 'गर्मीले हिँडडुल गर्नै गाह्रो भएको थियो। आज परेको पानीले जनजीवनमा केही सितलता ल्याएको छ।'
वर्षासँगै मन्थलीको वातावरण ताजा बनेको छ भने सडक र बजार क्षेत्रको चहलपहलमा पनि सुधार देखिएको छ। मन्थलीमा चिसो हावाको सुस्केरा चल्न थालेको छ ।
कृषकहरू पनि वर्षाबाट आशावादी देखिएका छन किनभने समयमै पानी परेमा रोपाइँको तयारी सहज हुने उनीहरूको भनाइ छ।