कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरूको स्तर गुमेको छः सांसद पाण्डे

असार १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरूको स्तर गुमेको छः सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरूको स्तर गिरेको बताउनुभएको छ । 

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो त्रुटी नभइ बद्मासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो । 

उहाँले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताउनु भयो । जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको उहाँकाे भनाइ छ । 

उहाँले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताउनु भयो । संलग्नहरूले कारबाही भोग्नुपर्ने उहाँले बताउनु भयो । सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.