राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयोः सांसद थानी

असार १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयोः सांसद थानी

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र गरेको बताउनुभएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यसमा एक-दुई जनाको मात्रै हात नभइ ठूलो समूहको चलखेल रहेको उहाँले बताउनु भयो । 

उहाँले कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र गरिएको बताउनु भयो । कर्मचारीले देउसी भैलो गरेको आफूले देखेको भन्दै यसबारेमा टाठोबाठो मध्येकै सभापति राज्य व्यवस्था समितिमा रहनुभएको भन्दै समिति सभापति रामहरि खतिवडालाई जानकारी भएन भनेर नपन्छिन आग्रह उहाँले गर्नुभयो । 

सांसद थानीले यसले संसद्को मर्यादा गुमेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.