कान्ति लोकपथ चार दिन बन्द हुने

जेष्ठ २०, २०८२ |बालकृष्ण अधिकारी
कान्ति लोकपथ चार दिन बन्द हुने

काठमाडौं । कान्ति लोकपथ चार दिन बन्द हुने भएको छ । लोकपथअन्गर्गत मकवानपुर र ललितपुरमा पर्ने बगुवा खोलाको बागमती खोलामा बेलिब्रिज जडान गरिने भएकाले यो सडक खण्ड बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपूरले सूचना जारी गरी जनाएको छ । 

सडक बन्द हुँदा वैकल्पीक रूपमा काठमाडौ-हेटौडा आवतजावत गर्नको लागि हेटौडा-कुलेकानी-फर्पीङ र हेटौंडा-सिस्नेरी-फर्पीङ सडक प्रयोग गर्न सकिनेछ । जेठ २१ गतेदेखि जेठ २४ गतेसम्म राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।