काभ्रे । यातायात व्यवसायीहरूले सरकारसँग आफ्ना मागहरू सम्बोधन नभएको भन्दै मंगलबार बिहानदेखि देशभर आह्वान गरेको बन्दको प्रभाव काभ्रे जिल्लामा पनि व्यापक देखिएको छ।
धुलिखेलमा काठमाडौँबाट आएको एक बसलाई स्थानीय व्यवसायीहरूले जबरजस्ती फर्काएका छन्। यात्रु बोकेर काठमाडौँ हिँडेको मयुर यातायातका सवारीसाधनलाई बनेपामा स्थानीय व्यवसायीहरूले रोकेका छन।
यात्रुहरू मार्गमै अलपत्र परेका छन। कतिपय यात्रु गन्तव्यमा पुग्न नपाई सडक छेउमै बसिरहेका छन भने केही हिँडेरै यात्रा गर्न बाध्य भएका छन।
बन्दका कारण बनेपा, धुलिखेल, पाँचखाल, नमोबुद्ध लगायतका क्षेत्रमा कुनै पनि सार्वजनिक सवारी सञ्चालनमा आउन सकेका छैनन्। साना र निजी सवारीसाधन भने जोखिम मोलेर आवतजावत गरिरहेका छन।
यातायात व्यवसायीहरूको अनुसार सरकारले विभिन्न समयमा गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको र अनावश्यक धरपकड बढाएको भन्दै आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन।
यता स्थानीय प्रशासनले शान्तिपूर्ण बन्दको सम्मान गर्न आग्रह गर्दै यात्रुहरूलाई आवश्यक सहयोग गर्न सुरक्षा संयन्त्रलाई परिचालन गरिएको बताएको छ।
बन्द कहिलेसम्म जारी रहने भन्नेबारे स्पष्ट जानकारी नआएकोले यात्रु तथा सर्वसाधारणमा अन्योल देखिएको छ।