मुनलाइट सोसाइटी नेपालद्वारा गोरखाका पाँच विद्यालयका १६५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जेष्ठ १९, २०८२ |दीपक बन्जारा
मुनलाइट सोसाइटी नेपालद्वारा गोरखाका पाँच विद्यालयका १६५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गोरखा । सामाजिक सेवामा क्रियाशील मुनलाइट सोसाइटी नेपालले गोरखा जिल्लाका पाँच विद्यालयमा अध्ययनरत आर्थिक रूपले कमजोर १६५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाबाट २०८१ सालको चैत्र २५ गते दर्ता भई सामाजिक कार्यमा संलग्न संस्थाले गण्डकी गाउँपालिका र भिमसेनथापा गाउँपालिकाका विभिन्न विद्यालयहरूमा उक्त सहयोग कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रम अन्तर्गत गण्डकी गाउँपालिका-५ स्थित कालिका आधारभूत विद्यालय र दिर्घेश्वर आधारभूत विद्यालय, साथै भिमसेनथापा गाउँपालिकाअन्तर्गत सिद्धकाली माध्यमिक विद्यालय ताराखसे, गण्डकी आधारभूत विद्यालय तथा जनप्रिय प्रारम्भिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।

विद्यालयको सिफारिसका आधारमा सामग्री वितरण गरिएको कार्यक्रममा मुनलाइट सोसाइटी नेपालको कोषाध्यक्ष समीर भट्ट, सचिव भरत तिवारी, र सदस्य निरज भट्टको सक्रिय नेतृत्व रहेको थियो।

संस्थाका अनुसार, अध्ययनमा सहजता ल्याउने उद्देश्यले आर्थिक रूपले विपन्न विद्यार्थीहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर दिइने संस्थाले जनाएको छ।


Image

दीपक बन्जारा

बन्जारा कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।